कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

नेपाली  कांग्रेसका नेता नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ। मष्तिष्क घात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार राति निधन भएको हो।

जोशीको शुक्रबार राति ८ बजेर २९ मिनेटमा निधन भएको पुष्टि उनकै सचिवालयका एकजना सदस्य सुशान्त आचार्यले गरेका छन्। नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बाँस्तोलाले पनि जोशीको निधन पुष्टि गरेका छन्। 

 बाँस्तोलाका अनुसार भेन्टिलेटरमा राखिएका जोशीको आज बिहानदेखि नै मुटुको चाल चल्ने बन्द हुने भइरहेको थियो। उनको मुटुको चाल नियन्त्रण गर्दै बचाउने प्रयासमा चिकित्सकहरू जुटेका थिए। तर उनीहरु सफल हुन सकेनन्।

उनलाई गत फागुन १४ गते घरमै मष्तिष्क घात भएको थियो। त्यसपछि उनलाई तत्कालै वीर अस्पताल लगिएको थियो। तर वीरले उपचार असम्भव भन्दै जोशीलाई नर्भिक लैजान भनेको  थियो। नर्भिकमा मष्तिष्क घात पुष्टि भएपछि उनलाई सुरुदेखि नै भेन्टिलेटरको सहयोगमा उपचार थालिएको थियो।

उपचारको एक सातापछि उनको स्वास्थ्यमा केही सुधार पनि भएको थियो। तर बीचमा फेरि उनको स्वास्थ्य गम्भीर हुन पुग्यो। गम्भीर मष्तिष्क घात भएका मानिसमध्ये कमैलाई मात्रै बचाउन सकिने चिकित्सकहरुले बताउने गरेका छन्। 

उहाँको मृत्यु भएको छैन , फेरिपनि लेख्न मन छ यो खबर झुठो हो ! तर लेख्नु परेको छ ``अल बिदा नविन्द्र दाइ !!!!!!! तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा l देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ l

Posted by Bishwa Prakash Sharma on Friday, March 26, 2021




  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार २१:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया