सुन्दरीजल पुगेर विना मगरले भनिन्, 'मेलम्चीमा धेरै प्रगति मेरै पालामा'

पूर्व खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरेकी छन् । मगरले शुक्रबार केन्द्रको निरीक्षण गरेकी हुन् । 

मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएपछि पूर्वमन्त्री मगरले केन्द्रको अवलोकन गरेकी हुन् । अवलोकनको क्रममा मगरले मेलम्ची परियोजना सफल हुनुमा सबैभन्दा बढी आफ्नो हात रहेको पनि दावी गरेकी छन् । 

आफू मन्त्री भएको समयमा सबैभन्दा बढी काम भएको पूर्वमन्त्री मगरको दावी छ । मगरकै अथक मेहनत र योजना मुताविक उनकै पालामा मेलम्ची आयोजनाको कामले तीव्रता पाएको उनको सचिवालयले दावी गर्दै आएको छ । 

मेलम्चीको पानी प्रशोधन केन्द्रमा हिजो शुक्रबार हालिएको छ । भोलि चैत १५ गतेदेखि परीक्षणका लागि काठमाडौंका घर घरको धारामा खानेपानी पठाउने आयोजनाको तयारी छ । 





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार ७:२९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया