नेपालको सुरुवाती ११ घोषणा

त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत बंगलादेश विरुद्धको खेलमा नेपालको सुरुवाती ११ घोषणा भएको छ । 

नेपालले सुरुवाती ११ मा किर्गिस्तानविरुद्धकै टोलीलाई निरन्तरता दिएको छ । नेपालका लागि मिडफिल्डरद्वय त्रिदेव गुरुङ र संजोक राईले सिनियर टोलीबाट औपचारिक रुपमा अन्तर्राष्ट्रिय डेब्यु गर्ने अवसर पाएका छन् । 

उनीहरुले किर्गिस्तानविरुद्ध खेलको भए पनि किर्गिस्तानको यु–२३ टोली भएकाले त्यसले अन्तर्राष्ट्रिय डेब्युको मान्यता पाएको थिएन । 

 नेपालको सुरुवाती ११ 

गोलरक्षक : किरण चेम्जोङ
डिफेन्डर  :रञ्जित धिमाल, रोहित चन्द, दिनेश राजवंशी र अनन्त तामाङ
मिडफिल्डर : रवि शंकर पासवान, त्रिदेव गुरुङ, सञ्जोक राई र तेज तामाङ
फरवार्ड : अविषेक रिजाल र अञ्जन विष्ट





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १६:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया