अर्घाखाँचीमा खनाल-नेपालको समानान्तर जिल्ला कमिटी

सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूहले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा खनाल-नेपाल समूहले ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो ।

शनिबार जिल्ला भेला गर्दै खनाल-नेपाल समूहले जिल्ला कार्य समितिको चयन गरेको हो । संस्थापन पक्षले पेलेको निष्कर्षसहित खनाल-नेपाल समूहको बैठकले यही चैत मसान्तभित्र पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने, जनसंगठनका जिल्ला, पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने निर्णयसमेत गरेको छ ।

शनिबारको बैठकमा उपस्थित नेताहरुले एमालेलाई विधि, प्रकृया र जनचाहना अनुरुप अघि बढाउन समानान्तर कमिटी गठन गर्नुपरेको बताएका थिए । अर्घाखाँचीमा एमालेका जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्य छन् ।





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार ९:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया