कांग्रेसले भन्यो– म्यानमारको अमानवीय दमन निन्दनीय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले म्यानमारमा भइरहेको सैनिक दमनको विरोध गरेको छ । सैनिक कदमको विरोधमा भएको प्रदर्शनमा सेनाको गोलीबाट दर्जनौँको हताहती भएको छ । 

पार्टीका तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गररे विरोध जनाएका हुन् । आइतबार जारी विज्ञप्तिमा म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा गरेको नरसंहारलाई अमानवीय र निन्दनीय भनिएको छ ।

कांग्रेसले निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आग्रह गरेको छ । 

म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा कम्तीमा ११४ जना मारिएका थिए ।





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार १७:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया