दुर्घटनाका घाइतेसँग प्रहरीले भेट्यो पेस्तोल र २ राउण्ड गोली
सांकेतिक तस्बिर

सिरहाको गोल बजारमा भएको सवारी दुर्घटनाका घाइतेको साथबाट प्रहरीले २ राउण्ड गोली बरामद गरेको छ । दुर्घटना स्थलबाट प्रहरीले पेस्तोल पनि बरामद गरेको छ । 

हिजो राति साढे ८ बजे गोलबजार नगरपालिका– ७, पुरानो चोहर्वास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनाका घाइतेबाट प्रहरीले गोली बरामद गरेको हो । 

पूर्वबाट पश्चिम दिशातर्फ जाँदै गरेको ना ३ ख ४३ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र-२-०१ ००२ प ५४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कर्जन्हा नगरपालिका-४ का मुकेश दास घाइते भएका थिए । घाइते दासको साथमा २ राउन्ड गोली र घटनास्थलमा कटुवा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ ।

पेस्तोल र गोली बरामद भएपछि प्रहरीको निगरानीमा दासको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धानका भइरहेको सिरहा प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार ११:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया