फाइनलका लागि बढ्यो टिकटको मूल्य

अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल खेलका लागि टिकट मूल्य बढाएको छ । 

एन्फाले  टिकटको मूल्य साधारण तर्फ १ हजार तथा भिआइपी तर्फ २ हजार तोकेको छ । 

यसअघि टिकटको मूल्य साधारण तर्फ ७ सय तथा भिआइपी तर्फ १५ सय तोकिएको थियो । 

प्रतियोगिताको उपाधिका लागि सोमबार (आज) आयोजक नेपाल र बंगलादेश भिड्दै छन् । खेल साँझ साढे ५ बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ । 

चैत १० देखि सुरु भएको प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको यु–२३ टिमको सहभागिता थियो । 

बंगलादेशले समूह चरणमा किर्गिस्तानलाई १–० ले पराजित गर्दा नेपालसँग  गोलरहित बराबरी खेलेको थियो । नेपालले समूह चरणका दुवै खेलमा गोलरहित बराबरी खेलेको थियो । 



प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा उप विजेताले ३ हजार र सर्वोकृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।
 



  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १५:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया