सोमबार शिक्षा मन्त्रालयले दिएको बिदा स्थानीय तहले अस्वीकार गरेका छन् ।
उपत्यकाबाहिरका केही स्थानीय तहहरुले वायुमण्डलमा खासै असर नदेखिएको दाबी गर्दै विद्यालय बन्द गर्न अस्वीकार गरेका हुन् ।
संविधानमा माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापन स्थानीय तहलाई दिएका कारण सरकारको बिदा कार्यान्वयन गर्न स्थानीय तह बाध्य हुँदैनन् ।
शिक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति निकालेर देशभरका शैक्षिक संस्था बन्द रहने जानकारी गराएको थियो ।
तर, सरकारको निर्देशन तनहुँको भीमाद नगरपालिका, मोरङको विराटनगर नगरपालिका, इलामको इलाम नगरपालिका, इलामकै रोङ गाउँपालिकालगायतले विज्ञप्ति निकालेर बिदा अस्वीकार गर्ने जानकारी दिएका छन् ।
राजधानीकै केही विद्यालयले पनि बिदा नदिई अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी गराएका छन् ।
शिक्षा मन्त्रालयले जारी गरेकाे विज्ञप्ति
तनहुँकाे भीमाद नगरपालिकाकाे विज्ञप्ति
इलामकाे इलाम नगरपालिकाकाे विज्ञप्ति
मोरङको विराटनगर नगरपालिकाकाे विज्ञप्ति
इलामकाे रोङ गाउँपालिकाकाे विज्ञप्ति
ललितपुरकाे लिटिल एन्जेल्स स्कुलले अभिभावकलाई पठाएकाे सूचना
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।