पछि सर्‍यो वर्षा र पुष्पको ‘मनसँग मन’को प्रदर्शन

विश्वमा कोरोनाको दोस्रो लहर सुरु भयो । नेपालमा वायु प्रदूषणका कारण बाहिर निस्कने वातावरण छैन । कोरोनाका कारण सरकारले भिडभाड नगर्नु भनेर आग्रह गरिसकेको थियो । वातावरण प्रदूषणका कारण पनि घर बाहिर ननिस्कनु भनेर आग्रह गर्‍यो । कोरोना पुनः बढेसँगै अन्योलमा परेका सिनेकर्मी वातावरणका कारण झन् अन्योलमा परे । उनीहरुले धमाधम आफ्ना चलचित्र प्रदर्शन मिति सार्न थालेका छन् ।

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गरेको चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति ‘पोस्टपोन्ड’ गरिएको छ । यही चैत २७ गतेलाई प्रदर्शन मिति पक्का गरेर प्रचारमा निस्किएको चलचित्र युनिटले मिति सारेको हो ।

सौरभ इन्टरटेन्मेन्ट र बलामी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको पहिलो पोस्टर भने सार्वजनिक गरिएको थियो । यो चलचित्र रिलिज गर्ने नयाँ मितिका बारेमा वितरकसँग छलफल भइरहेको निर्माण पक्षले जनाएको छ ।

प्रदर्शन मिति पोस्टपोन्ड गरेर सार्वजनिक गरिएको पहिलो पोस्टरमा पुष्प र वर्षालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यो चलचित्रमा वर्षा र पुष्पका साथमा बुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रको एक गीतमा पल शाह र पूजा शर्मालाई पनि देख्न सकिनेछ ।

कैलाश राईले निर्देशन गरेको चलचित्रमा अरुण तामाङले लगानी गरेका हुन् । 





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार ११:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया