नेकपा ब्यूँताउन पुनरावलोकन निवेदन बोकेर सर्वाेच्च पुगे प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिन प्रचण्ड सर्वाेच्च अदालत पुगेका छन् । 

प्रचण्ड बिहान ११ः४० बजे माओवादी केन्द्रका अन्य नेताहरुसहित सर्वाेच्चमा पुगेका हुन् । उनीसँगै नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, वर्षमान पुन, मात्रिका यादव, जनार्दन शर्मा लगायतका नेताहरु सर्वाेच्च पुगेका छन् ।  

तत्कालीन नेकपाका एक अध्यक्ष रहेका प्रचण्डले एमाले र माओवादी केन्द्रको एकतालाई अवैधानिक भन्दै गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला सच्याउन माग गर्र्दै निवेदन दिन लागेका हुन् 

ऋषि कट्टेलले दर्ता गराएका रिट उपर सुनुवाई गर्दै फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो । सर्वोच्चको आदेशमा दुई पार्टीबीच को एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार ११:५८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया