एन्फाले त्रिदेशीय फुटबल प्रतियोगिताको विजेतालाई जनही १ लाख दिने

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा चैत १० देखि १६ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगिताको विजेता टोलीका सदस्यले जनही १ लाख पाउने भएका छन् ।

एन्फाले मंगलबार एक विज्ञप्ती निकाल्दै विजेता टोलीका सदस्यले उपाधि रकम बाहेक संघका तर्फबाट जनही १ लाख प्राप्त गर्ने जानकारी दिएको हो ।

सोमबार भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा उपाधि हात पार्‍यो । यसअघि नेपालले सन् १९८४ को साफमा घरेलु मैदानमा उपाधि हात पारेको थियो । 

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर प्राप्त गर्दा । उप विजेतामा सीमित बनेको बंगलादेशले ३ हजार अमेरिकी डलर पायो ।

प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको यु–२३ टिमको सहभागिता थियो ।





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १७:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया