सरकारले सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने

सरकारले संस्कृतिविद् तथा शताब्दीपुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनाअनुसार सरकारले  ‘सत्यमोहन जोशी माध्यमिक विद्यालय’ स्थापना गर्ने तयारी गरेको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार जोशी निवासमा पुगेर सरकारको तयारीबारे जानकारी गराएका हुन् । विद्यालयको लागि उपयुक्त स्थानको खोजी भइरहेको र आगामी आर्थिक वर्षदेखि काम सुरु गर्ने गरी तयारी थालेको उनले बताए ।

विद्यालयको मुख्य द्वारमा जोशीको पूर्णकदको मूर्ति राखिने र त्यसको वरपर फूलबारी रहने मन्त्री श्रेष्ठले बताए । ‘सत्यमोहन जोशी माध्यमिक विद्यालय’लाई नमुना विद्यालयको रुपमा स्थापित गर्ने उद्देश्यका साथ काम गर्ने मन्त्री श्रेष्ठको भनाइ छ । 
 





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १८:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया