म्यागासेसे मिलन : महावीर भेट्न नेपाल आए 'थ्री इडियट्स'का 'फुङसुक वाङ्डू' उर्फ सोनाम वाङचुक

चर्चित भारतीय सिनेमा थ्री इडियट्समा मुख्य पात्र छन् फुङसुक वाङ्डू । सिनेमाभित्र कलेज जीवनमा चन्चलता तथा उत्सुकताले भरिएका फुङसुक पढाइ सकिएलगत्तै गायब हुन्छन् । 

अर्कैको नाममा पढेर डिग्री दिलाएका उनी आफू भने आफ्ना ज्ञानलाई दूरदराजको गाउँमा गएर बालबालिकामा बाँडिरहेका हुन्छन् । आफूजस्तै नयाँ फुङसुकलाई जन्माइरहेका हुन्छन् । 

सिनेमामा उक्त भूमिकामा अभिनेता आमिर खानले जबर्जस्त अभिनय गरेका छन् । सिनेमामा बाङ्डूको नाममा नयाँ आविष्कारहरुको सयौँ पेटेन्ट राइट्स भएको देखाइन्छ ।  सिनेमामा आमिरले गरेको उक्त भूमिका भारतीय वैज्ञानिक सोनाम वाङचुकको असली जीवन कहानी हो । 

असली वाङ्डू उर्फ वाङचुक नेपालका फुङसुक महावीर पुनलाई भेट्न राष्ट्रिय आविस्कार केन्द्रमा आइपुगेका छन् । म्यागासेसे पुरस्कार विजेता वाङचुकलाई केन्द्रमा संस्थापक पुनसहित त्यहाँ रहेका वैज्ञानिक-इन्जिनियरहरूले स्वागत गरे । 

केन्द्रको निरीक्षणपछि वाङचुकले हामीले आफ्ना लागि आवश्यक सबै आविस्कार आफै गर्नुपर्ने बताए । उनले हाम्रा लागि मिल्ने र प्रभावकारी प्रविधि आफैले विकास गर्नुपर्ने भन्दै अर्काको भर नपर्न पनि सुझाव दिए । 

वाङचुकलाई स्वागत गरेपछि महावीरले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, 'राष्ट्रिय आविष्कार केन्द्रले उहाँले गरेको अनुसन्धानहरूलाई नेपालको हिमाली भेगमा पनि सकेसम्म पुर्याउन कोसिस गर्ने छ र त्यसको लागि उहाँको संस्थासँग सहकार्य गर्नेछ । हेर्दै जाउँ, केके कुरामा सहकार्य गर्न सकिन्छ ।'



लौ आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख, भारत बाट प्रख्यात बैज्ञानिक आऊनु भयो । उहाँ संग खिचेको फोटो र उहाँले नेपालीमा...

Posted by Mahabir Pun on Monday, March 29, 2021


  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार ७:५०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया