सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले घनश्याम भुसालले चुनाव जितेपछि पार्टी फुटाउनका लागि लाग्ने गरेको आरोप लगाउँदै प्रश्न गरेका छन् ।
इतिहास र वर्तमानले भुसालले चुनाव जितेपछि पार्टी फुटाउने गतिविधिमा जुट्ने गरेको देखाएको भन्दै यी सबै घटनाक्रम संयोग हुन् कि नियति भन्ने प्रश्न गरेका छन् । चुनाव जित्नासाथै फुटमा लाग्ने कस्तो व्यवहार भन्दै थापाले प्रश्न गरेका हुन् ।
भुसाल पहिलो पटक २०५१ सालपछि भएको उपनिर्वाचनमा विजेता बनेपछि पार्टी फुटको गतिविधिमा लागेको थापाले लेखेका छन् । उपनिर्वाचन जितेका भुसाल २०५५ मा पार्टी विभाजनमा लागेकाले तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले कारबाही गरेको उनले लेखेका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत भुसाल फेरि पार्टी विभाजनमा लागेको बताए । २०७४ मा चुनाव जितेका भुसाल फेरि २०७७ पुस ५ पछि पार्टी फुटको गतिविधिमा रहेको थापाको आरोप छ ।
यी दुवै घटनाक्रमलाई जोड्दै थापाले भुसालमाथि प्रश्न गरेका हुन् । थापाले चुनाव जिते लगत्तै पार्टी फुटाउन लाग्नु संयोग कि नियति भएको भन्दै भुसालमाथि प्रश्न गरेका हुन् ।
घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयाे -
— Surya Thapa (@ThapajiSurya) March 31, 2021
१.२०५१ पछि उपनिर्वाचन जित्नुभयाे र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमाेहन अधिकारीले निश्कासन गर्नुप-याे ।
२.०७४ मा जित्नुभयाे र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयाे।
चुनाव जित्याे कि फुटमा सक्रिय,
संयाेग कि नियति ? pic.twitter.com/3YX0axHATO
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।