बागलुङको बडिगाड गाउँपालिका १० बल्देधुरीमा होली खेल्ने क्रममा झडप भएर युवाहरुले ज्यान गुमाएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
२ जनाको ज्यान जानेगरी भएको घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले बडिगाड १० का ४ जना युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बुर्तिवाङ पठाइएको प्रहरीले जनाएको छ ।
यसअघि गत आइतबार होली खेल्नेक्रममा एउटा समूहले हर्को समूहको महिलालाई रंग लगाइदिने क्रममा झडप हुँदा दुई जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएका दुईमध्ये एकजना नेपाली कांग्रेसका जिल्ला सदस्य रहेका थिए । ।
झडपका क्रममा नेपाली कांग्रेस जिल्ला कमिटी सदस्यसमेत रहेका निसिखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही स्थानका ३४ वर्षीय दीपक दमाईको हत्या गरी भीरमा फालिएको अवस्थामा शव भेटिएको थियो ।
गुल्मी, बागलुङ र प्युठानका सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झडपका क्रममा कम्तिमा १५ जना युवा भीरबाट खसेको अनुमान गरिएको थियो । जसमध्ये २ जनाको मृत्यु भएको र बाँकी घर फर्किएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।