गायक सुगम पोखरेलले ल्याए ‘माया करोडमा’

गायक सुगम पोखरेलको नयाँ गीत ‘मेरो माया करोडमा’ बजारमा आएको छ । गीतमा गायिका सोना अमात्यले सुगमलाई साथ दिएकी छन् । दीपक शर्माको शब्द संगीत यसमा सुन्न सकिन्छ ।

रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । म्युजिक भिडियो गम्भीर विष्टले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिका सोनाका साथमा सागर लम्साल ‘बले’ र गोविन्द सिंह विष्टले अभिनय गरेका छन् ।

म्युजिक भिडियो छायांकन सुभम भुजेलले गरेका हुन् । गीतमा नृत्य निर्देशन पनि सुभमकै रहेको छ । भिडियो सम्पादन नवीन निरौलाले गरेका हुन् ।

 





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १३:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया