प्रदेश सभालाई ६ महिनादेखि बन्दी बनाएको सांसद यादवको आरोप

प्रदेश २ का प्रदेश सभा सदस्य बिक्की यादवले प्रदेश सरकारको कडा विरोध गरेका छन् । 

प्रदेश सरकारले प्रदेश सभालाई कुनै बिजनेस नदिई ६ महिनादेखि बन्दी बनाएको उनले आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘प्रदेश सरकारले प्रदेश सभालाई कुनै बिजनेस नदिई ६ महिनादेखि बन्दी बनाएको छ भने मन्त्रीहरुको आन्तरिक किचलो, मनमुटाव र असमझदारीका कारण पालिकालाई जानुपर्ने ससर्त अनुदानका अर्बौं रकम फ्रिज हुने सम्भावना देखिएको छ ।’

प्रदेशसभा सदस्य यादवले टुक्रे ​टुक्रे र मन्त्री मुखी योजनाका कारण समयमा काम सुरु नभई विगतका ३ वर्ष झैं यस वर्ष पनि विकास योजना सुस्त गतिमा अगाडि बढिरहेकाले बजेट फ्रिज हुने निश्चित रहेको जिकिर गरेका हुन् । 

प्रदेशलाई असफल हुनबाट बचाउन पक्ष र विपक्षका प्रदेश सभा सदस्यहरु सक्रिय हुनुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १८:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया