सौतेनी आमालाई जबरजस्ती करणी गर्ने युवकलाई जन्मकैद
फरकधार / १९ चैत, २०७७
सांकेतिक फोटो

सौतेनी आमालाई बलात्कार गर्ने इलामका एक युवकलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । 

२३ वर्षीय ती युवकले गत भदौ महिनामा भन्साघरमा राति सुतिरहेकी ६३ वर्षीया सौतेनी आमालाई जबरजस्ती करणी गरेका थिए । 

घटनापछि ती महिलाले युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । ७ गते राति घटना भएकोमा १० गते प्रहरीले युवकलाई पक्राउ गरेको थियो । 

युवकले बलात्कार गरेको ठहरसहित जिल्ला अदालत इलामले यही चैत १२ गते जन्मकैदको फैसला सुनाएको  हो । युवकलाई ६० हजार क्षतिपूर्ति तिराउन फैसला पनि अदालतले सुनाएको छ । 

  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार ८:२३:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया