घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि गरे ओलीले कारबाही

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट निलम्बन गरेका छन् । 

दुवै नेताले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाही गरिएको ओलीनिकट स्रोतले जानकारी दिएको छ । बालुवाटार स्रोतका अनुसार ओलीले यसअघि माधव नेपाल र भीम रावललाई गरेजस्तै पाण्डे र भुसाललाई पनि ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् । 

पार्टी हितविपरीत काम गरेको भन्दै ओलीले महासचिव ईश्वर पोखरेल मार्फत नेतालाई स्पष्टिकरण सोध्दै पत्र पठाएका थिए । 

पहिले नै स्पष्टीकरणको जवाफ बुझाइसकेका नेपाल र रावललाई ओलीले निलम्बन गरिसकेपछि भुसाल र पाण्डेले पनि स्पष्टीकरणको जवाफ पठाएका थिए । ​





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १३:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया