कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजेका लागि बैठक डाकिएको छ । 

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागिता रहने छ ।

बैठकमा अहिलेको राजनीतिक परिस्थिति र सरकारको विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पको विषयमा पनि बैठकमा छलफलको तयारी छ । 





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १०:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया