माछा मार्न बम बनाउँदै गर्दा विस्फोट, एकको मृत्यु, एक जना घाइते
फरकधार / २० चैत, २०७७
सांकेतिक फोटो

बागलुङमा बम विस्फोट हुँदा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिहीबार दिउँसो विस्फोट भएको प्रहरीले जनाएको छ । 

स्थानीय दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासी विष्फोट भएको हो । 

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका–७ का हाल बडिगाड गाउँपालिका–२ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्रबहादुर छन् । विस्फोटबाट गम्भीर घाइते भएपछि  उपचारका लागि पाल्पा लैजाँदै  बिहीबार साँझ बाटैमा मृत्यु भएको हो । 

विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडी खोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार ११:११:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया