संखुवासभामा बस दुर्घटना हुँदा १५ जना घाइते

संखुवासभामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । संखुवासभामा मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

गाडी सडकबाट केही मिटर तल खसेको थियो । घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट सुरक्षाकर्मी खटिएका छन् । 

घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल  संखुवमसभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए।





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार ११:२१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया