न्युयोर्कमा गाँजामाथिको प्रतिबन्ध हट्यो

संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा गाँजामाथिको प्रतिबन्ध खुलेको छ । राज्य संसदको दुवै सदनबाट अत्यधिक बहुमतले पारित भएपछि न्युयोर्कमा गाँजामाथिको प्रतिबन्ध खुला भएको हो । 

न्युयोर्कमा गाँजामाथिको प्रतिबन्ध खुलेसँगै अमेरिकामा गाँजाको प्रयोग खुलाउने राज्य १५ पुगेका छन् । अब न्युयोर्कमा मनोरञ्जनका लागि गाँजाको प्रयोग खुल्ला भएको छ । 

राज्य संसदका दुवै सदनबाट मनोरञ्जनका लागि गाँजालाई वैधता दिने प्रस्ताव अत्यधिक मतले पारित भएपछि गभर्नर एन्ड्रयु कुमोले हस्ताक्षर गरेका छन् । गभर्नर कुमोको हस्ताक्षरसँगै न्युयोर्कमा गाँजाको प्रयोग खुलेको छ । 

न्युयोर्क राज्यको सिनेटमा गाँजा खुलाउने पक्षमा ४० र विपक्षमा २३ मत खसेको थियो भने राज्यको प्रतिनिधिसभामा पक्षमा १ सय र विपक्षमा ४९ मत खसेको थियो ।

यसअघि, वासिङटन डिसीमा पनि मनोरञ्जनका लागि गाँजा बैध रहेको छ । बिलमा हस्ताक्षर गरेपछि गभर्नर कुमोले यसलाई ऐतिहासिक दिन भनेका छन् भने गाँजालाई बैध बनाउन निरन्तर वकालत गरेकोमा नेता र सभामुखको प्रशंसा गरेका छन् ।





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १२:१२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया