विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईँ नियुक्त
फरकधार / २० चैत, २०७७

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईँलाई ​नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा हुमागाईँलाई नियुक्त गरेको 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा हुमागाईं चार वर्षका लागि विज्ञान बोर्डको अध्यक्ष नियुक्त भएका हुन् । उनी खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ठ तीनमा छानिएका थिए । 

बोर्डको अध्यक्षको नियुक्ति पाएका हुमागाईँ यसअघि नेपाल टेलिभिजनको अध्यक्ष नियुक्त भइसकेका व्यक्ति हुन् । बोर्डका सदस्यहरू यसअघि नै मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भइसकेका छन् ।

अध्यक्षको नियुक्तिसँगै विज्ञापन बोर्डले अब पूर्णता पाएको छ । क्लिन फिड लागू गर्ने तथा विज्ञापनको समानुपातिक वितरण गर्ने लगायतका जिम्मेवारी बोर्डसँग रहेको छ ।

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १२:३५:२९,   अन्तिम अपडेट : चैत २०, २०७७ शुक्रबार १२:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया