सुरज शाही ठकुरीको ‘के लेखूँ शब्दमा’बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर र संगीत खुबै ठकुरीको सुन्न सकिन्छ । गीत जंगबहादुर शाही र अमृत घोले लामाले संयुक्त रुपमा लेखेका हुन् ।
आफ्नी प्रेमिकालाई माया भावले वर्णन गर्ने गीतको भिडियोलाई आकर्षक बनाइएको छ । गीतको म्युजिक भिडियोमा मोडल निराजन प्रधानका साथमा डेब्यु गर्ल आज्ञा करन्जित फिचर्ड छिन् ।
गीतको सार्वजनिक भिडियोमा आज्ञासँग निराजनको प्रेमभाव प्रस्तुत गरिएको छट । भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियो निर्माण अमृत घले लामाले गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।