हेर्न नभ्याइनेमा गयो प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा

प्रधानमन्त्री केपी शर्मा ओलीसहित चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध परेको अवहेलना मुद्दालाई सर्वोच्च अदालतले आज हेर्न नभ्याइनेमा पठाएको छ। 

सर्वोच्चले प्रधानमन्त्री ओली तथा पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा पेशी तोकेर पनि हेर्न नभ्याइनेमा राखेको हो।

अवहेलना मुद्दाको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा तोकिएको थियो । गत माघ १३ गते प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले मुद्दा हालेका थिए।

पूर्व प्रधानन्यायाधीशविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दायर हालेका थिए । यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीसहित पूर्व प्रधानन्यायाधीशलाई आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

आदेश अनुसार प्रधानमन्त्री ओली र चार पूर्व प्रधानन्यायाधीशले लिखित जवाफ दिएका थिए। संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेका बेला उक्त मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीहरुविरुद्ध अवहेलना मुद्दा परेको थियो।
 





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १४:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया