राष्ट्रपतिद्वारा काठमाडौंमा मेलम्चीको पानी वितरण उद्घाटन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माण सुरु भएको ३० वर्षपछि आइपुगेको मेलम्ची खोलाको खानेपानी शुक्रबार काठमाडौं वितरणको उद्घाटन गरेकी छन्। राजधानीको भृकुटीमण्डपमा बनाइएको ढुंगे धाराको टुटी खोलेर राष्ट्रपतिले मेलम्ची आयोजनाको उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा उनले भृकुटीमण्डपमा बनाइएको स्मारकस्थित धाराबाट पानी खोलिन् भने त्यहीँस्थित फोहराको पनि सुरुवात गरिन्। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाइए पनि उनी सहभागी भएनन्। 

भृकुटीमण्डपको ढुंगेधारामा तीनवटा धारा बनाइएको छ। त्यहाँ सर्वसाधरणको सुविधाका लागि पानी निरन्तर आइरहने व्यवस्था गरिएको छ। काठमाडौं उपत्यकाका आइतवारदेखि नै पानी वितरण भइरहेको छ। सुरुमा अनामनगर क्षेत्रमा बाँडिएको पानी आज बालाजु क्षेत्रमा छाडिएको छ।

मेलम्चीको पानी वितरण गर्न सरकारले महाँकाल, मिनभवन र खुमलटारमा विशाल ट्याङ्की बनाएको छ। अहिले पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको छ। काठमाडौंमा पानी वितरण गर्न १२ सय किलोमिटर पाइप विच्छ्याएको आयोजनाले जनाएको छ।

 





भिडियो

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १४:५३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया