लुगा धुन बाल्टिनमा भरेको पानीमा डुबेर बालिकाको मृत्यु
फरकधार / २० चैत, २०७७
सांकेतिक फोटो

सप्तरीमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा एक १६ महिने बालिकाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सत्तरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिता कुमारीको मृत्यु भएको हो।  

ट्युबवेलबाट निकालेर लुगा धुनका लागि बाल्टिनमा भरेर राखेको पानीमा बालिका डुबेको प्रहरीले जनाएको छ। बाल्टिनमा उल्टो परेर खसेपछि ती बालिकाको निसासिएर मृत्यु भएको हो। 

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १८:४२:३,   अन्तिम अपडेट : चैत २०, २०७७ शुक्रबार १८:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया