दुर्घटनामा दुई जनाको मृत्यु, ६ जनाको अवस्था गम्भीर
सांकेतिक तस्बिर

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमही घोराही सडक खण्डअन्तर्गत मुसोटमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । 

तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को मुसोट नजिकै शुक्रबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

मृतकको सनाखत अझै हुन सकेको छैन । दुर्घटनामा परी दुई दर्जन बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । तीमध्ये ६ जना गम्भीर घाइते रहेका छन् । 

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको छ । 





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार ८:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया