जनताले राजसंस्थाको माग गरेको राप्रपाको ठहर

राष्ट्रियता, सार्वभौमिकता र प्रजातन्त्र सुदृढ गर्न जनताले राजसंस्था माग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ठहर गरेको छ । 

नयाँ नेपालको परिकल्पना र १२ बुँदे को मार्गचित्रले देशको आवश्यकता पूर्ति गर्न नसकेको, पिछडिएका अल्पसंख्यकहरूको पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको र विदेशी चलखेल बढेको भन्दै राप्रपाले चिन्ता व्यक्त गरेको छ ।

यसै निष्कर्षसहित राप्रपाको फिदिम नगरपालिका  ४, वडा कार्य समितिको शनिबार सम्पन्न बैठकले देशमा विद्यमान बेथिति अन्त्य गर्न, राष्ट्रियता, सार्वभौमिकता र प्रजातन्त्र सुदृढ तुल्याउन देश र जनताले राजसंस्था माग गरेको ठहर गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले भने, ‘दुईतिहाइ बहुमत र सर्वोकृष्ट दाबी गरिएको संविधानले जनताको आकांक्षा पूर्ति गर्न असफल भएको र देश दुरावस्थामा अघि बढिरहेको अवस्थामा नेपाली जनताले, विशेष गरेर युवा पुस्ताले देशव्यापी रूपमा राजसंस्थाको माग गरेका छन् ।’

राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले बैठकलाई सम्बोधन गर्दै राजसंस्था र सनातन हिन्दुराष्ट्र पुनःस्थापनबाट नै नेपाली जनताले प्रजातान्त्रिक निकास प्राप्त गर्ने बताए । राप्रपा पाँचथरका जिल्ला अध्यक्ष राजकुमार जोशीले एकताबद्ध रूपमा राप्रपा अधिवेशन सम्पन्न गरेर विश्वसनीय नेतृत्व स्थापना गर्ने विश्वास व्यक्त गरे ।





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १३:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया