निशाको ‘ओ ! प्रिया’ सार्वजनिक

गायिका निशा कंडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘तस्बिर २-ओ ! प्रिया’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। 

रोमान्टिक भर्सनको यस गीतमा उनलाई युवा गायक अमन प्रधानले स्वरमा साथ दिएका छन्। ‘तस्बिर १ बोलको निरन्तरता रहेको यस गीतलाई तस्बिरकै गीतकार विष्णुबाबु देवकोटाले लेखेका हुन् । टीका  दाहालले संगीतबद्ध गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा दर्शक श्रोता माझ लोकप्रिय कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको जोडीलाई प्रस्तुत गरिएको छ।  यस अघिको ‘तस्बिर २ भिडियोमा समेत यही जोडीको अभिनय रहेको थियो । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

लिजेन्स इन्टरनेसनलको एजुकेसनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो । यसअघि गायिका कंडेलले ‘सधैंलाई ’, ‘नेपाली छोरी’, ‘म के भनौं’ म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेकी छन्। 

 





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १३:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया