'हिन्दीमै भाषण गर्छु, पारीतिर, लखनऊतिर पुग्ला कुरो'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपिलवस्तु पुगेर हिन्दी भाषामा भाषण गरेका छन्। मधेसवादीको मातृ भाषा र हिन्दी त्यहाँका मानिसले बुझ्ने तर्क गर्दै उनले कपिलवस्तु पुगेर हिन्दीमा भाषण गरेका हुन्। 

'तपाईंहरुको मातृभाषा वा हिन्दीमा नै बोलिदियो भने सजिलो हुन्छ', उनले भने, 'म यहाँ आएको कुरा भारतीय मिडियामा पनि काफी प्रचार भयो रे! लखनउ तिर पुग्ला मैले बोलेको कुरा, पारीतिर पनि पुग्ला मेरो भाषण। हिन्दीबाटै भन्‍न चाहन्छु भारतबाट कोही पत्रकार आएको भए उहाँहरुले पनि सुन्‍नुहुन्छ।'

उनले सुरुमा केही बेर नेपालीमा बोलेपछि लामो भाषण भने हिन्दीमै गरे। उनले हिन्दीमै सीमाको समस्या समाधानमा पनि आफू लाग्ने बताए। 'हिन्दीमा देशको राजनीतिक परिस्थितिबारे तपाईंहरुलाई बताउँछु', उनले भने, 'ओलीविरुद्धको पहिलो ब्याटल जितियो तर अझै अर्को युद्ध जित्न बाँकी छ। केपी ओली मधेसको नाम नै सुन्न चाहँदैनन्।'

उनले आफूलाई महात्मा गान्धी र देङ सियायो पिङसँग तुलना गरे। 'उहाँहरु जस्तै म एजेन्डामा यहाँका प्रधानमन्त्रीभन्दा माथि छु', उनले भने, 'महात्मा गान्धी कहिले प्रधानमन्त्री र राष्ट्रपति बनेनन् तर उनलाई विश्वले मान्छ। म पनि नेपालमा प्रधानमन्त्रीभन्दा माथि छु।'

भिडियो





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १४:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया