डोटीस्थित सेती नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । शनिबार दिउँसो नदीमा पौडी खेल्नेक्रममा दार्चुलाको मालिकार्जुन गाउँपालिका घर भएका १७ वर्षीय दीपेन्द्रसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार धामी सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियरिङ पढ्दै थिए । शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल पूजामा गएका धामी पौडी खेल्न नदीमा गएका थिए।
नदीभित्रको हिलोमा अड्किएर धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।