अब देशभरका किसान आन्दोलित हुन्छन् : चित्रबहादुर श्रेष्ठ
फरकधार / २१ चैत, २०७७

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले 

ओली किसान विरोधी रहेको र सरकारमा रहेर किसानको पक्षमा कुनै काम नगरेको आरोप लगाए । उनले केपी ओली सरकारका किसान विरोधी हर्कत जारी रहे देशभर किसान आन्दोलन उठाइने बताए ।

काठमाडौँको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको दुई दिने बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै श्रेष्ठले भने, ‘यतिबेला सर्वोच्च अदालतको फैसलाका आधारमा हाम्रो मातृ पार्टीको विभाजनसँग हामी पनि पूर्ववत् अवस्थामा फर्कन बाध्य भएका छौँ । यो इतिहासले हामीमाथि गरेको एउटा भद्दा मजाक हो ।’

उनले किसानहरू क्रान्तिका आधारभूत वर्ग रहेकाले किसान संगठन पार्टी र क्रान्तिको आधारभूत जनवर्गीय संगठन भएको बताए । पार्टीभित्र किसानको अत्यन्तै ठूलो महत्त्व रहेको र गाउँ–गाउँमा किसान संगठन निर्माण गरेर किसानका समस्या समाधान गर्नका लागि देशव्यापी संघर्ष गर्ने पनि उनले बताए ।

देशका दुई तिहाइ किसान यो देशको राजनीतिक परिवर्तनका संवाहक भएको र किसानले आगामी दिनमा पनि जनताको संघर्षको नेतृत्व गर्नुपर्ने र अब किसानको हक–अधिकारका पक्षमा जुझारु संघर्ष गर्नुपर्ने, त्यसका लागि बागमती प्रदेश र त्यसमा पनि उपत्यकाको ज्यादै ठूलो महत्त्व रहेको उनले बताए ।

‘गएको पुस ५ गते केपी ओलीले प्रतिगामी कदम चालेपछि देशभरका किसान सशक्त ढंगले संघर्षमा उत्रेको र त्यसमा वागमती प्रदेश र उपत्यकाले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनले वागमती प्रदेशका सबै केन्द्रीय सदस्य र जिल्लाका नेताहरू बधाईका पात्र रहेको बताए ।

दुई दिने किसान भेला तथा प्रशिक्षणको पहिलो दिन सबै जिल्लामा संगठनात्मक स्थितिबारे रिर्पोटिङ भएको र भोलि प्रमुख प्रशिक्षकका रूपमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख नहेन्द्र खड्काले बताए ।

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १७:४०:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया