आर्टमान्डुको प्रोडक्सनमा म्युजिक भिडियो ‘वसन्त–शिशिर’ सार्वजनिक

आर्टमान्डुको प्रोडक्सनमा ‘वसन्त–शिशिर’ नामको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रोश्नी कार्की, सन्दीप श्रेष्ठलगायत कलाकारहरुको अभिनय रहेको छ ।

मनाङ र लम्जुङका मनै छुने स्थानहरुमा सुटिङ्ग गरिएको गीतलाई निर्देशन–सम्पादन नवीन भट्टले गरेका हुन् भने छायांकन ज्ञान चौलागाईंले गरेका हुन् । आर्टमाण्डुले भिडियो प्रोडक्सन गरेको यो गीतमा कलरिङ चानस पुन मगरले गरेका हुन् ।

वसन्त–शिशिर प्रेमकथा हो । एक दुर्गम पहाडको नर्स र परिस्थितिवश बनेको एक विद्रोहीबीचको सम्बन्धको कथा । र, त्यो सम्बन्ध वसन्त र शिशिरसँगै फरक बनिदिन्छन् । फेरि ती मौसम मात्र होइनन् । ती उनीहरुमाझको अनुभुति पनि हो । भोगाइ पनि । र, प्रेमभित्र यी सबै कुराहरुलाई अटाउँदा त्यो कस्तो प्रेम होला ? वसन्त–शिशिरले प्रेमकै गहिराईलाई देखाउन खोजेको छ । 

युद्ध सिर्फ विचारहरुको मात्र हुन्न । दुई पात्रहरुको बीचमा मात्र हुन्न । एउटा मौसमले पनि अर्को मौसमले बनाएको खतलाई पुर्न खोजिरहेको हुन्छ । हिउँ, पानी, पालुवा यी मौसमको बदलिने स्थितिमा पनि प्रेम साझा रहन्छ । सिर्फ अर्थहरु बदलेर । परिस्थितिहरुमा आफ्नै किसिमले आँटेर ।

यही कुरालाई गीतमा कर्नेश राजथलाले गाएका हुन् । जसमा रचना–संगीत हेम थामीको रहेको छ । एरेन्ज मन्जिल विक्रम केसीले गरेका छन् भने मिक्सिङ, मास्टरिङ कोविद बज्रले गरेका हुन् ।





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १८:२४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया