झुण्डिएको अवस्थामा दिदी–बहिनी मृत फेला
फरकधार / २१ चैत, २०७७

घाँस काट्न नजिकैको जंगलमा गएका दिदी–बहिनी मृत अवस्थामा फेला परेका छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका १४ र १५ वर्षीय दिदी–बहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

झुण्डिएको अवस्थामा स्थानीयले शुक्रबार उनीहरूको शव देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया कक्षा ८ मा पढ्दै आएका थिए । उनीहरू दुवै जना कमला बादीका दिदीका छोरीहरू हुन् । दुवैले कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।

उनीहरूको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगर सुर्खेतमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । साथै उनले घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताए ।

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १८:३४:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया