भारतमा कोरोना कहर : चिहानमा ठाउँ छैन, अन्तिम संस्कार गर्न पनि कुर्नुपर्ने
महाराष्ट्रमा फेरि लकडाउन तयारी

भारतमा कोरोनाको दोस्रो लहरले भयानक संकट निम्त्याएको छ। महाराष्ट्र राज्यमा कोरोना संक्रमितको संख्या दिन दिने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ४७ हजार ८२७ जना संक्रमित थपिएका छन्। भारतलाई छाडिदिने हो भने यहाँभन्दा धेरै कोरोना संक्रमित केबल अमेरिकामा ६९ हजार ९८६ र ब्राजिलमा ६९ हजार ६६२ छन्। 

महाराष्ट्रमै एकै दिन २०२ जनाले ज्यान गुमाएका छन्। राज्यमा कोरोनाबाट मर्नेको संख्या ५५ हजार ३७९ पुगेको छ। जम्मा मृतकको संख्याको कुरा गर्ने हो भने विश्वभरमा महाराष्ट्र राज्य १४ औँ स्थानमा छ।

चिहानमा ठाउँ छैन

उता छत्तिसगढ राज्यको दुर्ग जिल्लामा कोरोनाले विष्फोटक रुप लिएको छ। त्यहाँ मृतकको संख्याले दैनिक उचाइ लिँदैछ। त्यहीकारण दुर्ग जिल्लाका घाटमा शव पोल्न र चिहान शव गाड्ने ठाउँ पनि पाइन छाडेको छ। 

दुर्गका जिल्लाधिकारीका अनुसार यसअघिसम्म कोरोना संक्रमितको अन्तिम संस्कार दुई स्थानमा हुँदै आएको थियो। तर मृतकको संख्या तीव्र गतिमा बढेपछि अहिले अन्तिम संस्कारका लागि स्थान नै अभाव भएको छ। 



जिलाधिकारीका अनुसार अन्तिम संस्कारका लागि अन्य चार स्थानमा बन्दोबस्त गर्न लागिएको छ। दुर्ग जिल्लामा कोरोना भाइरसको मामिला तीव्र गतिमा बढ्दै गएको छ। 

यसैकारण कारण मंगलवार अर्थात ६ अप्रिलदेखि यहाँ पूरा लकडाउन घोषणा गरेको छ। यो लकडाउन १४ अप्रिलसम्म जारी रहनेछ। शुक्रबार मात्रै छत्तिसगढ राज्यमा कोरोना भाइरसका ४ हजार १७४ नयाँ केस भेटिएका थिए। 



राज्यमा कोरोना संक्रमितको जम्मा संख्या बढेर तीन लाख नाघेको छ। स्वास्थ्य विभागका अनुसार जम्मा संक्रमितको संख्या ३ लाख ५७ हजार ९७८ पुगिसकेको छ। छत्तिसगढमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३३ जनाले ज्यान गुमाएका छन्।

शुक्रवार दुर्ग जिल्लामा मात्रै कोरोनाका ९६४ केस सार्वजनिक भएका छन्। राज्यमा कोरोनाको बढ्दो संकट देखेर मुख्यमन्त्री भुपेश बघेलले सबै जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै ६ अप्रिलदेखि कडा लकडाउन गर्न भनेका छन्। 

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १९:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया