बारपाक घुमेर फर्कँदा जिप भीरबाट खस्यो, २ जनाको मृत्यु, ७ घाइते
फरकधार / २२ चैत, २०७७
गोरखाको बारपाक गाउँ । फाइल फोटो

गोरखाको बारपाकमा भीरबाट जिप खस्दा २ जनाको मृत्यु भएको छ । बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भीरमा शनिबार साँझ जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । 
 प्रहरीका अनुसार जिप रिर्जभ गरेर बारपाक घुम्न आएकाहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीयका ठाकुर दुवाडी र सोही ठाउँका ५० वर्षीय रामेश्वर न्यौपाने रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा  ७ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई गोरखा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै चितवन लगिएको छ। 

 जीप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो। 

  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार ८:३२:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया