बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।
आफूले सबै प्रोटोकलहरु पालना गर्दैगर्दा पनि कोभिड–१९ पोजेटिभ देखिएको उनले बताएका छन् ।
‘एका बिहानै म सबैलाई यो जानकारी दिन चहान्छु’ अक्षयले भनेका छन्, सबै सबै प्रोटोकलहरु पालना गर्दैगर्दा पनि मलाई कोभिड–१९ पोनेटिभ देखिएको छ।’ आफू अहिले होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको रेखदेखमा रहेको उनले जानकारी दिएका छन् ।
पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई कोभिड–१९ परीक्षण गर्न र सचेत रहन अक्षयले आग्रह गरेका छन् ।
आफू छिट्टै कोरोनामुक्त भएर काममा फर्किन विश्वास उनको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।