एनभिए कप भलिबल : पुलिस र आर्मीको लागतार तेस्रो जित

पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत आइतबारका महिलातर्फका खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भएको आइतबारको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।

एकतर्फी बनेको खेलमा पुलिसले पहिलो सेट २५-५ दोस्रो सेट २५-९ र तेस्रो सेट २५-५ ले आफ्नो पक्षमा पार्दै लगातार तेस्रो जित दर्ता गरेको हो । 

पहिलो खेलमा पुलिसले भरतपुर मेट्रो खेलकुद परिषद् ३-० को सोझो सेटमा र दोस्रो खेलमा नेपाल एपिएफ क्लबलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

ढोरपाटनले लगातार चौथो पराजय बेहोरेको छ । ऊ पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब, दोस्रो खेलमा नेपाल एपिएफ क्लब र तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग समान ३–० सोझो सेटमा पराजित भएको थियो ।

आजकै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद परिषदमाथि ३–० को सोझो सेटको जित हाँसिल गर्‍यो । 



एकतर्फी बनेको खेलमा आर्मीले पहिलो सेट २५–९, दोस्रो सेट २५–८ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै तेस्रो जित दर्ता गरेको हो । 

आर्मीले पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–२ र दोस्रो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । 



लगातार तेस्रो पराजय बेहोरेको भरतपुर पहिलो खेलमा नेपाल पुलिस क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १३:२८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया