गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निनुञ्जमा गैँडा गणना गर्न गएको टोलीमाथि आइतबार साँझ बाघले आक्रमण गरेको हो।
ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र निकुञ्जमै कार्यरत माउते ३५ वर्षीय पुलिसराम थारु हात्ती चढेर गैँडा गणनामा गएका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठका अनुसार माउते थारु हात्तीबाट भैमा झरेका बेला बाघले आक्रमण गरेर केही परसम्म लगेको हो ।
उनको शव केही पर फेला परेको थियो । आक्रमणकारी बाघ करिब १० वर्षको भाले बाघ रहेको र अहिले नियन्त्रणमा लिएर ठाकुरद्वारामा राखिएको श्रेष्ठले जानकारी दिए ।
बाघको आक्रमणका कारण गैँडा गणना सोमबार गैँडा गणना नगरिने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।