सदनको चाल हेर्दा भेन्टिलेटरमा गएको बिरामी जस्तो : सांसद क्षेत्री

नेकपा एमालेका सांसद राजबहादुर बुढा क्षेत्रीले फागुन ११ मा पुन:स्थापित प्रतिनिधिसभालाई भेन्टिलेटरमा गएको बिरामीको संज्ञा दिएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

'सदनको चाल हेर्दा भेन्टिलेटरमा राखेको बिरामी जस्तो भएको छ', उनले भने, 'गतिविधिका हिसाबले संसद् शून्यतामा पुग्नु राम्रो होइन। अहिलेको माग संविधान कार्यान्वन र मुलुकको स्थिरता हो।'

उनले ताजा जनादेशमा जाँदा पनि संसदको अंक गणित नमिलेर अहिलेकै अवस्था आउने उनले  बताए। 'अर्ली इलेक्सनको अंक गणित पनि नमिलेर आउन सक्छ', उनले भने, 'जनताले दिएको यही अभिमतलाई मिलाएर लानुपर्छ। सबै पक्ष मिलेर जिम्मेवार रुपमा अघि बढ्नुछ, सबैले जिम्मेवारीबोध गरौँ।'





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १४:०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया