एनभिए कप भलिबल : हेल्प नेपाल र आर्मी विजयी

पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत सोमबार भएका पुरुषतर्फका खेलमा साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा सोमबारको पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । 

हेल्प नेपालले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पर्दै सहज जित दर्ता गरेको हो ।

आजै भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

आर्मीले पहिलो सेट २५–१४, दोस्रो २५–१८ र निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २८–२६ आफ्नो पक्षमा पारेको हो ।





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १७:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया