पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३ गरी उपत्यकामा १३६ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा चितवनमा ३७ र कास्कीमा १९ संक्रमित देखिएका छन् ।
देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ४ हजार ५३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
सोमबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । पछिल्लो समय थप १०२ निको भएका छन् ।
यससँगै निको हुनेको संख्या २ लाख ७३ हजार ३४२ रहेको छ । निको हुने दर भने ९८ दशमलव ३ प्रतिशत रहेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८३२ रहेको छ । उनीहरूमध्ये ६४ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेसनमा छन् ।
हालसम्म नेपालमा २२ लाख ८२ हजार ८२४ जनाको पिसिआर परीक्षण भएको छ । ३ हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।