भुटान र सिक्किमको सीमा क्षेत्रको भूकम्पले नेपालमा धक्का
५.४ म्याग्‍निच्यूडको भूकम्प भएको पुष्टि

सोमबार राति भारतको पूर्वी राज्य सिक्किम र भुटानको सीमा क्षेत्रमा ५.४ म्याग्‍निच्यूडको भूकम्प गएको छ। भारतीय सञ्‍चारमाध्यमका अनुसार सिक्किमको राजधानी सहर गान्तोकबाट ३८ किलोमिटर पूर्व भुटानको सीमा नजिकै केन्द्रबिन्दु भएको भूकम्प गएको हो।

नेपाली समयअनुसार सोमबार राति नौ बजेर ५ मिनेटमा उक्त भूकम्प गएको हो। भारतीय भूकम्प विभागले उक्त भुकम्पबारे पुष्टि गरेको छ। भूकम्पको धक्का नेपालका पूर्वी पहाड र तराईसहित काठमाडौंमा पनि महसुस गरिएको छ। 

यो भूकम्पपछि सिक्किम, दार्जिलिङ र भुटानका नागरिक पनि आत्तिँदै घर बाहिर निस्किएका थिए। सिक्किम टाइम्सका अुनसार भुटानको सीमा क्षेत्रमा गएको भूकम्पले नेपाल, बिहार, पश्चिम बंगाल, सिक्किम र चीनको सीमाक्षेत्र पनि हल्लाएको थियो।

भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका पहाडी र तराई जिल्लामा पनि महसुस भएको थियो। मानिसहरु सुत्ने तर्खरमा रहेका बेला भूकम्प आएपछि मानिसहरु घर बाहिर निस्किएका छन्। 

भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन। अमेरिकी भूगर्भ विभागले भने यो भुकम्पलाई ५ म्याग्‍निच्यूडको मापन गरेको छ। सिक्किम टाइम्सका अनुसार सन् २०११ यता यो शक्तिशाली धक्का हो । 

चिनियाँ समाचार संस्था सिन्हाका अनुसार भुटानको सम्त्से सहरबाट ३३ किलोमिटर उत्तर पश्चिम सिक्किमको सीमा क्षेत्रमा भूकम्प गएको हो। यो भूकम्प पृथ्वीको सतहबाट करिब ८ किलोमिटर ८५० मिटर तल गएको हो। 





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार २१:५५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया