झापामा एक व्यक्तिले पत्नीलाई घाइते बनाइ आफूले आत्महत्या गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिका–५ बालुगाउँका ३० बर्षिय मोहनदेव भनिने जगतबहादुर ताजपुरियाले गएराति यस्तो घटना घटाएका हुन् ।
झगडाका क्रममा उनले आफ्नी पत्नी २६ वर्षीया राजकुमारी ताजपुरियालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । श्रीमती रगताम्य भएपछि उनलाई परिवारका सदस्य र छिमेकीले अस्पताल लगेका थिए।
त्यसपछि जगतबहादुरले आफ्नै घरको शौचालय जाने बाटोमा रहेको कटेरोमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार जतबहादुरको प्रहारबाट राजकुमारीको हात र पेटमा गहिरो चोट लागेको छ । उनको दमकमा उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होमको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिए।
जगतबहादुरको शवलाई राति नै पोष्टमार्टमका लागि पठाइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।