समानान्तर कमिटी बनाएका तीन नेतालाई अनेरास्ववियुले निकाल्यो

माधवकुमार नेपाल पक्षमा लागेर समानान्तर संगठन बनाएका तीनजना विद्यार्थी नेतालाई अनेरास्ववियुले निष्कासित गरेको छ। संगठनको निर्णय र हितविपरीत काम गरेको भन्दै तीन विद्यार्थी नेतालाई एमालेको भातृ संगठन अनेरास्ववियुले कारवाही गरेको हो। 

अनेरास्ववियुका अध्यक्ष ऐन महरले माधव नेपाल पक्षमा लागेर  अध्यक्ष बनेका सुदेश पराजुली, महासचिव आरती लामा उपाध्यक्ष वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन्। पराजुली र लामासहित नेपाल पक्षका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियुको समानान्तर कमिटी बनाएका थिए। 

सुरुमा उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो। त्यसपछि पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधिएको थियो। जवाफ नदिएपछि उनीहरुमाथि कारवाही गरिएको महरले बताएका छन्। 

महरले संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको पनि बताएका छन्। माउ पार्टीबाट सुरु भएको कारवाही अभियान अब एमालेका भातृ संगठनमा पनि सरेको छ।





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १२:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया