त्रिशूली नदीमाथि निर्माणाधीन पक्की पुल भत्कियो

चितवनमा निर्माणाधीन एउटा पक्की पुल भत्किएको छ। चितवनको ठिमुरा-तनहुँको देवघाट जोड्ने मोटरेबल पुल बनिनसक्दै भत्किएको हो।

तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदीमाथि बनिरहेको पुल गएराति भत्किएको हो। उक्त पुल ठेकेदारको लापरबाहीका कारण पुल भत्किएको उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले आरोप लगाएका छन्। 

उक्त पुलको भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको थियो। तर आज बिहान पुल भत्किएको अवस्थामा भेटिएको उनले बताए । यो पुल आगामी असारमा निर्माण सम्पन्‍न गर्ने तयारीसहित काम भइरहेको थियो। 


 





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार ११:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया