अन्जु पन्तको काँडा सार्वजनिक

गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । पन्तको स्वरमा ‘काँडा’ बोलको गीत रिलिज भएको हो । सार्वजनिक गीत विन्दुप्रसाद अधिकारीले लेखेका हुन् । संगीत नागेन्द्र श्रेष्ठको सुन्न सकिन्छ ।

प्रवासमा बसेर डिजिटल प्रविधि माध्यम मार्फत् म्युजिक भिडियो निर्देशन हिराकाजी श्रेष्ठले गरेका हुन् । गौरब गिरीको कोरियोग्राफी गरेको म्युजिक भिडियो छायांकन दीपक गिरीले गरेका हुन् ।

म्युजिक भिडियोमा भद्रजंग कुँवर, समीक्षा बस्नेत, संगम पाण्डे र आरती आले मगरले अभिनय गरेका छन् । निर्देशक हिराकाजीले निर्देशन गरेको म्युजिक भिडियो श्याम कुँवरले सम्पादन गरेका हुन् ।

 





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १२:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया