माधव पक्षले घोषणा गर्‍यो बागमती प्रदेश कमिटी, अष्टलक्ष्मी शाक्य संयोजक

नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले मंगलबार बागमती प्रदेश कमिटी घोषणा गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच कमिटीका सदस्यहरुलाई नेता माधवकुमार नेपालले सपथ खुवाएका छन्। 

अध्यक्ष केपी शर्मा ओलीको निर्णयमा असन्तुष्ट नेपाल समूहले नेतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १६५ सदस्यीय बागमती प्रदेश कमिटी घोषणा गरेको हो। नेता जीवनराम श्रेष्ठका अनुसार अब जिल्ला कमिटीहरु पनि निर्माण गरिने छ। 

शाक्य नेतृत्वको कमिटीका सह-संयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईं तोकिएका छन्। त्यस्तै सदस्यमा सदस्यमा वसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टेकबहादुर वाइबा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मासहित छन् । यो समितिको सचिव रचना खड्का तोकिएकी छन् ।

दुई दिनअघि मात्रै नेपाल-खनाल समूहले वसन्त मानन्धरको नेतृत्वमा २ सय ५० सदस्य काठमाडौं जिल्ला कमिटी गठन गरेको थियो । सर्वोच्च अदालतले तत्कालीन एमाले ब्यूँताइदिएपछि पार्टी अध्यक्ष ओलीले पेलेर जान खोजेका छन्। 

उनले यसबीचमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरिसकेका छन्।

यसअघि नै यो समूहले जिल्ला र भ्रातृ संगठनका समानान्तर कमिटी बनाइसकेको छ। संस्थापन पक्षले समानान्तर कमिटीमा बनाउने र बस्ने दुवैलाई कारवाही गर्दै अघि बढ्ने बताएको छ।





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १३:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया